विष्णु पौडेल : एमालेविरुद्ध लड्ने दुई खुट्टाले टेकेको कुनै पार्टी छैन

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले स्थानीय तहको निर्वाचनमा एमालेबाहेक कसैले पनि चुनाव नलडेको दाबी गरेका छन्। 

बिहीबार ललितपुरमा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उनले भने, ‘स्थानीय तहको निर्वाचनमा कांग्रेसले चुनावै लडेकै होइन। उसले जितेको पनि हैन, हारेको पनि हैन। स्थानीय तहको निर्वाचनमा माओवादी र जजपा लडेकै होइनन्।’

सात सय ५३ वटै स्थानीय तहमा एमालेबाहेक कसैले चुनाव नलडेको उनको दाबी छ। उनले एमालेको विचारसँग कुनै पनि पार्टीको तुलना गर्न नमिल्ने बताए। 

उनले नीति, आदर्श र विचारमा एमाले अब्बल पार्टी भएको जिकिर गरे। एमाले सत्ता बाहिर हुँदा, विभाजित हुँदा पनि एमालेविरुद्ध चुनाव लड्ने दुई खुट्टाले टेकेको कुनै पार्टी नभएको दाबी गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा