नेपाल मेडिकल कलेजले माग्यो प्राध्यापक, डाक्टर, नर्सदेखि कर्मचारीसम्म : कात्तिक २१ भित्र आवेदन दिन सकिने
काठमाडौँ । जोरपाटी अत्तरखेलस्थित नेपाल मेडिकल कलेजले विभिन्न शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक पदहरूमा रोजगारीको अवसर खुला गरेको छ। कलेजले योग्य तथा इच्छुक उम्मेदवारहरूका लागि रिक्त पदहरूमा दरखास्त आह्वान गरेको हो।
कलेजद्वारा प्रकाशित विज्ञापन अनुसार सहायक प्राध्यापक तथा लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट र कम्प्युटर अपरेटर पदमा आवेदन दिन सकिनेछ।
कुन पदका लागि के योग्यता ?
- शैक्षिक पद: इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी, बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारलाई अवसर खुलाइएको छ।
- स्टाफ नर्स: नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। मिडवाइफरी तथा आईसीयूमा तालिम प्राप्त र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ।
- आईटी सहायक र लेखा: आईटी सहायकका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण भई नेटवर्क, सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर र सर्भर व्यवस्थापनसम्बन्धी ज्ञान आवश्यक पर्नेछ। कलेजले सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट पनि माग गरेको छ।
- प्राविधिक र प्रशासन: क्याथ ल्याब, डेन्टल ल्याब, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्नेछ। प्रशासनिक सहायकका लागि स्नातक तह र कम्प्युटर अपरेटरका लागि स्नातक तहसहित आधारभूत ग्राफिक्सको ज्ञान आवश्यक पर्नेछ।
आवेदन दिने माध्यम र अन्तिम म्याद:
इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट https://www.nmcth.edu/career मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। साथै इमेलमार्फत विवरण पठाउन चाहनेले career@nmcth.edu मा पठाउन सक्नेछन्।
कलेजले आवेदन दिने अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा झन्डै तीन दशकदेखि योगदान पुर्याउँदै आएको नेपाल मेडिकल कलेजले इच्छुक उम्मेदवारलाई आवश्यक सर्तहरू अध्ययन गरी समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्