November 2, 2026, Monday
KN hd tv

इजरायल चुनाव : कसैलाई पनि आएन बहुमत, नेतान्याहु र आइजेनकोटबिच सत्ताको कडा प्रतिस्पर्धा

तेल अभिभ । इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि नयाँ सत्ता समीकरणलाई लिएर अनिश्चितता चुलिएको छ । १२० सिट रहेको संसद् (नेसेट) मा बहुमतका लागि आवश्यक ६१ सिट कुनै पनि गठबन्धनले पुर्‍याउन नसकेपछि सरकार निर्माण पेचिलो बनेको हो ।

सार्वजनिक मतपरिणाम अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन ५३ सिटमा खुम्चिएको छ भने विपक्षी यहुदी दलहरूको गठबन्धनले ४८ सिट जितेको छ । संसद्मा १९ सिट जितेका अरब दलहरू यस पटक निर्णायक देखिएका छन् ।

हर्जोगको हातमा सरकार गठनको साँचो
निर्वाचनको औपचारिक प्रतिवेदन प्राप्त भएपछि राष्ट्रपति आइज्याक हर्जोगले दलहरूसँग परामर्श गरी सरकार गठनको जिम्मेवारी सुम्पिनेछन् । राष्ट्रपतिबाट जिम्मेवारी पाएका नेताले २८ दिनभित्र बहुमत सिद्ध गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्रीको दौडमा वर्तमान प्रधानमन्त्री नेतान्याहुसँगै पूर्वसेनाप्रमुख गादी आइजेनकोट मुख्य प्रतिस्पर्धी बनेका छन् । नेतान्याहुलाई रोक्न अरब पार्टीहरूले आइजेनकोटलाई समर्थन गर्ने सम्भावनाबारे छलफल तीव्र भएको छ ।

यदि दलहरूबिच साझा सहमति नजुटे र कुनै पनि नेताले बहुमत जुटाउन नसकेमा इजरायल छोटो समयमै फेरि आम निर्वाचनमा जानुपर्ने जोखिम छ । त्यतिन्जेलसम्म नेतान्याहुले नै कामचलाउ सरकारको नेतृत्व सम्हाल्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको