October 31, 2026, Saturday
KN hd tv

रास्वपा सचिवालय बैठक आज ११ बजे बस्दै, भावी रणनीति तय गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज शनिबार काठमाडौँमा बस्दैछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा देशको विद्यमान समसामयिक राजनीति र साङ्गठनिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान ११:०० बजे काठमाडौँको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुनेछ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, पार्टीको आगामी रणनीति तथा साङ्गठनिक सुदृढीकरणका एजेन्डामाथि सघन छलफल हुने बताइएको छ। साथै पार्टीले आगामी दिनमा निर्वाह गर्ने भूमिकाका विषयमा समेत सचिवालय बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको