October 31, 2026, Saturday
KN hd tv

नेपाली कांग्रेस रुपन्देही–५ को सभापतिमा देउवा पक्षका कमलप्रसाद भुसाल निर्वाचित

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशनबाट देउवा (संस्थापन) पक्षका कमलप्रसाद भुसाल सभापतिमा निर्वाचित भएका छन्।

लुम्बिनीको पर्सा चोकस्थित बुद्धमाया होटल प्यालेसमा सम्पन्न अधिवेशनले भुसालको नेतृत्वमा नयाँ क्षेत्रीय कार्यसमितिलाई अनुमोदन गरेको हो।

अधिवेशनको औपचारिक उद्घाटन सत्रमा नेता दामोदर भुसाल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा युवा नेता विष्णु पोखरेल, लुम्बिनी अञ्चल सहसंयोजक लीला कुमारी पौडेल, युवा नेता आशिष शर्मा, पूर्वप्रदेशसभा सदस्य रमा अर्याल तथा क्षेत्र नम्बर ५ का सहसंयोजक गुनाखर पोखरेल लगायतका नेताहरूको विशेष उपस्थिति थियो।

भेलालाई सम्बोधन गर्दै वक्ताहरूले नेपाली कांग्रेसलाई तल्लो तहदेखि नै थप सशक्त बनाउनुपर्ने, आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै कार्यकर्ताहरूमाझ भावनात्मक एकता कायम गर्नुपर्ने धारणा राखेका थिए। उनीहरूले जनताका सुख-दुःखमा पार्टी सधैँ साथमा रहनुपर्नेमा विशेष जोड दिए।

नवनिर्वाचित सभापति कमलप्रसाद भुसालले आफूमाथि विश्वास गर्ने सबैप्रति आभार व्यक्त गर्दै क्षेत्र नम्बर ५ मा कांग्रेसको संगठनलाई नयाँ उचाइमा पुर्‍याउने दृढता व्यक्त गरे।

शीर्ष समाचार

धेरै पढिएको