October 20, 2026, Tuesday
KN hd tv

शिवालयहरुमा भक्तजनहरुको भीड

हिन्दु धर्माबलम्बी नारीहरु आज साउनको सोमबार शिवालयहरुमा गई भगवान शिजको पुजा आरधनामा रमाईरहेका छन् ।
साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि शिवमन्दिरमा गएर पूजाआजा गरिरहेका छन् ।

पूजाआजा गर्नेहरुको पशुपति मन्दिरमा बिहानैदेखि घुइँचो छ । भक्तजनको घुइँचोलाई मध्यनजर गरी पशुपतिका चारवटै ढोका बिहान ३ बजे देखी नै खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथ दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको छ ।

विशेषत यो साउनमा महिलाहरुले हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् । साउन महिनाको सोमबार शिवको प्रिय दिन मानिन्छ । त्यसैले साउनको हरेक सोमबार श्रद्धालुहरुले रातो, हरियो र पहेंलो बस्त्र तथा चुरा पोते लगाएर शिवको पूजा गर्दछन् । यस पटक साउन चार वटा मात्र सोमवार परेको छ । आजैदेखी देशका विभिन्न भागमा बोलबम यात्रा समेत सुरु भएक छन् ।

शीर्ष समाचार

धेरै पढिएको