October 20, 2026, Tuesday
KN hd tv

यस कारण दोलखाको मालुमा मतदान रोकियो

काठमाडौं : दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदानस्थलमा विवाद भएपछि मतदान रोकिएको छ।

मतदानका क्रममा विवाद बढेपछि निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्न खोजिएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जनाएको छ ।

हवाई फायरपछि मतदानस्थलमा नाराबाजी सुरु भएको थियो। त्यसपछि स्थिति सामान्य बनाउन सर्वदलीय बैठक बोलाइएको र पुनः मतदान सञ्चालन गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले घटनाबारे पुष्टि गरेका छन्।

‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर भएको हो । अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने।

शीर्ष समाचार

धेरै पढिएको