दाङमा यात्रु बस दुर्घटना, ९ जना घाइते
- Khabar Nirantar
- फाल्गुन ११, २०८२
काठमाडौँ : दाङको लमही–घोराही सडकखण्डअन्तर्गत चिसापानी क्षेत्रमा यात्रु बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।कपिलवस्तुको कृष्णनगरबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु २ ख ३२७७ नम्बरको बस आज बिहान करिब १०:४० बजे दुर्घटनामा परेको हो । दुर्घटनामा ६ पुरुष र ३ महिला घाइते भएका छन् ।घाइतेमध्ये ७ जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा उपचार भइरहेको छ भने २ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।बस दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँ निवासी ३५ वर्षीय केशरबहादुर पुनले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
शीर्ष समाचार
- मौसममा ठूलो फेरबदल: चक्रवातको प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी, सतर्कता अपनाउन आग्रह
- मौसममा भारी फेरबदल: चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी
- एनपीएलमा पहिलो हार दशा कटे जस्तै भयो, डीआरएस नेपाली क्रिकेटका लागि ठूलो फड्को : ईशान पाण्डे
- देशलाई संकटबाट मुक्त गर्न आन्दोलनको विकल्प छैन, सरकार बेलगाम फासीवादतर्फ गयो : अध्यक्ष ओली
- नेप्सेमा ३३ अंकको छलाङ : साढे ७ अर्बको कारोबारसहित बजार २,६६४ विन्दुमा, हाइड्रोपावरमा लगानीकर्ताको आकर्षण

प्रतिकृया दिनुहोस्