काठमाडौं । माइतीघरमा प्रदर्शन गर्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जेनजीको माग पूरा नभएको भन्दै बिहीबार प्रदर्शन गर्न माइतीघर मण्डला पुगेका डा. निकोलस भुसाल, सञ्जिव दाहाल र अर्का एकजनालाई पक्राउ गरेको प्रत्यक्षदर्शले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कसैलाई पनि प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामा उनीहरू प्रदर्शन गर्न पुगेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेनजी समूहहरूले प्रदर्शनमा घुसपैठ हुने सम्भावना रहेको भन्दै यसअघि आज गर्ने भनिएको प्रदर्शन स्थगित गरेका थिए ।
बुधबार साँझ मात्रै माइतीघरमा केपी ओली र रमेश लेखकलाई पक्राउ गर्न माग गर्दै एक समूहले राखेको ब्यानर अर्को समूहले च्यातेपछि विवाद भएको थियो ।
विभिन्न समूहको प्रदर्शनको सम्भावनापछि प्रहरीले माइतीघर मण्डला लगायत क्षेत्रमा सुरक्षा कडा पारेको छ ।
