October 20, 2026, Tuesday
KN hd tv

प्रदेश राजधानी बुटबलमै हुनुपर्ने महासचिव पौडेलको अडान

काठमाडौँ– प्रदेश ५ को राजधानीको विषयलाई लिएर नेकपा भित्रै विवाद सुरु भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा दाङको देउखुरी उपत्यकालाई प्रदेश राजधानी बनाउने प्रस्ताव अघि बढेसँगै नेकपा महासचिव विष्णु पौडेलले अस्तुष्टि जनाएका छन् ।

प्रदेश ५ को राजधानी कहाँ बनाउने भन्ने विषयमा पहिलेदेखिनै महासचिव पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । त्यसैले प्रदेश सरकार गठनको अढाई वर्षसम्म पनि यो विषयमा प्रगति भएको थिएन ।

पौडेलले पहिलेदेखिनै पूर्वाधार सम्पन्न क्षेत्र बुटबललाई प्रदेश राजधानी बनाउन जोड गरेका थिए भने पोखरेलले दाङमा प्रदेश राजधानी बनाउनुपर्ने भन्दै अघि बढेका थिए ।

अध्यक्षद्वय ओली–प्रचण्डको सहमति पनि पोखरेलतिरै गएपछि महासचिव पौडेल दुवै अध्यक्षसँग असन्तुष्ट बनेका छन् । उनले अध्यक्षद्वयलाई निर्णयमा पुर्नविचार गर्न आग्रह पनि गरेका छन् । अध्यक्षद्वयसँगको छलफलमा महासचिव पौडेलले दुई अध्यक्षबीच अचानक बनेको सहमतिले प्रदेश–५ मा राजनीतिक र मनौवैज्ञानिक असर परेको भन्दै निर्णयमा पुर्नविचार गर्न माग गरेको एक नेताले बताए ।

अध्यक्षद्वयले यही निर्णयलाई कार्यान्वयनमा लैजानुपर्ने भनेपछि महासचिव पौडेल नेतृत्वसँग असन्तुष्ट छन् । यता प्रदेश कै संसदीय दलमा १४ सांसदले यो प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको