काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद जनार्दन शर्माले पूर्व विशिष्ट पदाधिकारीका सेवा सुविधा बढाउनेभन्दा मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नुपर्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउनुपर्ने सुझाव दिए।
“पूर्व विशिष्ट पदाधिकारीलाई थप आजीवन सुविधा दिनेभन्दा गरिबी निवारणमा लगानी गरौं,” उनले भने, “मिर्गौला तथा क्यान्सरपीडितलाई सहयोग गर्नेतर्फ अघि बढ्नुपर्छ।”
उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न र भएका सम्झौता कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे।
