भूमिसम्बन्धी अध्यादेश संसदमा उपयुक्त समयमा पेस गरिने: मन्त्री अधिकारी

चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सरकारले जारी गरेको भूमिसम्बन्धी अध्यादेश उपयुक्त समयमा संसदमा पेस गरिने बताएका छन्। आज पत्रकारहरूसँग कुरा गर्दै उनले केही अध्यादेश पारित भइसकेको र आवश्यकतानुसार भूमिसम्बन्धी अध्यादेश पनि पेस गरिने बताए।

मन्त्री अधिकारीले राष्ट्रियसभामा बहुमत पुगेपछि अध्यादेश पेस गरिने उल्लेख गर्दै सरकारका कामलाई सधैँ नकारात्मक रूपमा नहेर्न आग्रह गरे। उनले गरिब तथा सुकुम्बासीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै, फाइदा–बेफाइदा विचार गरेर धारणा बनाउँदा समस्या उत्पन्न हुने धारणा व्यक्त गरे।

सहकारीसम्बन्धी समस्या समाधान गर्न ल्याइएको अध्यादेश कानुन बन्ने प्रक्रियामा रहेको जानकारी दिँदै मन्त्री अधिकारीले सहकारीहरूको नियमनका लागि सरकारले आवश्यक कदम चालेको बताए। साथै, विशिष्ट व्यक्तिहरूको सुविधासम्बन्धी कानुनी व्यवस्था सुधार गर्न आवश्यक रहेको उनले उल्लेख गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा