अमेरिकाद्वारा ४३ देशका नागरिकलाई यात्रा प्रतिबन्धको तयारी

काठमाडौं – अमेरिकी सरकार ४३ देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने तयारीमा जुटेको छ। ट्रम्प प्रशासनका अधिकारीहरूले प्रतिबन्ध लगाइने देशहरूको सूची तयार गरिरहेका छन् भने अमेरिकी विदेश विभाग र सुरक्षा निकायहरूले त्यसको पुनरावलोकन गरिरहेका छन्।

न्युयोर्क टाइम्सका अनुसार प्रतिबन्ध सूचीलाई रातो, सुन्तला र पहेंलो गरी तीन भागमा वर्गीकरण गरिएको छ। रातो सूचीमा परेका ११ देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइनेछ। सुन्तला सूचीमा रहेका देशहरूका नागरिकलाई आप्रवासी वा पर्यटक भिसामा अमेरिका जान नदिइए पनि धनी तथा व्यवसायिक यात्रुहरूलाई अनुमति दिइनेछ। पहेंलो सूचीका देशहरूलाई सुरक्षा मापदण्ड पूरा गर्न ६० दिनको समय दिइनेछ।

रातो सूची (पूर्ण प्रतिबन्ध)

  • अफगानिस्तान
  • भुटान
  • क्युबा
  • इरान
  • लिबिया
  • उत्तर कोरिया
  • सोमालिया
  • सुडान
  • सिरिया
  • भेनेजुयला
  • यमन

सुन्तला सूची (आंशिक प्रतिबन्ध)

  • बेलारूस
  • इरिट्रिया
  • हाइटी
  • लाओस
  • म्यानमार
  • पाकिस्तान
  • रूस
  • सियर्रा लियोन
  • दक्षिण सुडान
  • तुर्कमेनिस्तान

पहेंलो सूची (६० दिने समयसीमा)

  • एंगोला
  • एन्टिगुआ एन्ड बार्बुडा
  • बेनिन
  • बुर्किना फासो
  • क्यामरून
  • केप भर्डे
  • चाड
  • रिपब्लिक अफ कंगो
  • डेमोक्र्याटिक रिपब्लिक अफ कंगो
  • डोमिनिका
  • इक्वेटोरियल गिनी
  • गाम्बिया
  • लाइबेरिया
  • मलावी
  • माली
  • माउरिटानिया
  • सेन्ट किट्स एन्ड नेविस
  • सेन्ट लुसिया
  • साओ टोम एन्ड प्रिन्सिप
  • भानुआटु
  • जिम्बावे

ट्रम्प प्रशासनले यस प्रस्तावलाई अन्तिम रूप दिएपछि मात्र औपचारिक रूपमा कार्यान्वयन गरिने जनाइएको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा