एमडीएमएस भ्रष्टाचार मुद्दामा आज फैसला आउने सम्भावना

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित विभिन्न व्यक्तिविरुद्ध दायर गरिएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा आज फैसला आउने सम्भावना रहेको छ।

विशेष अदालतमा एक महिनादेखि सुनुवाइ हुँदै आएको मुद्दामा न्यायाधीश टेकनारायण कुँवरको अध्यक्षतामा रितेन्द्र थापा तथा विदुर कोइरालाको इजलासले सुनुवाइ गरिरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०८० चैत १५ मा झासहित १९ जनाविरुद्ध सार्वजनिक खरिद ऐन र कार्यविधि उल्लंघन गरी अनियमितता गरेको आरोपमा ९१ करोड ९८ लाख ३० हजार बिगो कायम गरी मुद्दा दायर गरेको थियो।

यस प्रकरणमा झासहित पुरुषोत्तम खनाल, वरिष्ठ निर्देशक आनन्दराज खनाल, निर्देशक मीनप्रसाद अर्याल, उपनिर्देशक विनोदचन्द्र श्रेष्ठ लगायत अन्य अधिकारीहरूलाई प्रतिवादी बनाइएको छ। साथै, एमडीएमएस परामर्श सेवा खरिद प्रक्रियामा संलग्न न्युमेरा कम्पनीका दातुक मोहम्मद नुर अमिन, दातुक मोहम्मद शिहाब, अनुज सिंह, जमिल अहमद, कवीन्द्र राज मल्ल र दुईवटा कम्पनीविरुद्ध पनि मुद्दा परेको छ।

अख्तियारले एमडीएमएस खरिदमा खर्च भइसकेको २३ करोड २० लाख ६९ हजार असुल गर्न माग गर्दै प्रमुख अभियुक्तहरूमाथि थप सजायको मागसमेत गरेको छ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा