काठमाडौं । राप्रपाका प्रमुख सचेतक तथा सांसद ज्ञानबहादुर शाहीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट नहटाउन सरकारलाई चेतावनी दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले घिसिङलाई हटाउने निर्णय भए सडक र सदन दुवैबाट विरोध गर्ने चेतावनी दिए । ‘कुलमान घिसिङलाई हटाउने योजना बनिरहेको छ भन्ने सुन्नमा आएको छ । यदि उनलाई हटाइयो भने नेपाललाई अन्धकारतिर धकेलिएको ठानिनेछ, त्यसविरुद्ध सडक र सदनबाट आवाज उठ्छ,’ उनले भने ।
सांसद शाहीले दशरथ रंगशालामा केपी ओली कपको समापन समारोहमा दर्शकमाथि कुटपिट गर्ने आयोजकमाथि कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराए । प्रधानमन्त्रीको आलोचना गर्दैमा मान्छे कुट्न नपाइने उनले उल्लेख गरे ।
