काठमाडौं । कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने रास्वपाको चेतावनी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाए हजारौँ कुलमान ल्याउने चेतावनी दिएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद मनिष झाले घिसिङलाई शून्यमा मूल्यांकन गर्नु अनुचित भएको बताए ।

‘कम्पनीलाई नाफामा पुर्याउने व्यक्तिलाई शून्य अंक दिने ? कार्यकर्ता भर्ती गर्न नपाएको बहानामा उनलाई हटाउने प्रयास भइरहेको छ,’ उनले भने, ‘हामी खबरदार गर्छौं, एउटा कुलमानलाई लखेट्यौ भने हजारौँ कुलमान ल्याउँछौँ ।’

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा