काठमाडौं । कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक, संसदमा विरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक राखिएको विषयलाई लिएर संसदमा विरोध जनाएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विद्युत् प्राधिकरण नाफामा गइरहेको अवस्थामा घिसिङको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिनु आपत्तिजनक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

‘विद्युत् प्राधिकरणलाई नाफामा पुर्याएको समयमा कार्यसम्पादन मूल्यांकनमा शून्य अंक के हो ? अहिले घिसिङलाई स्पष्टीकरण सोध्ने कुरा आइरहेको छ,’ पाण्डेले भने, ‘सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु ।’

उनले सभामुखमार्फत सरकारलाई रुलिङ गर्न माग गर्दै संसद अवरुद्ध गर्ने चेतावनीसमेत दिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हो । मन्त्रालयका अनुसार तोकिएको समयभन्दा ढिलो प्रतिवेदन बुझाएका कारण उनलाई शून्य अंक दिइएको हो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा