चिकित्सक र नर्सहरूको पारिश्रमिक श्रम ऐनअनुसार उपलब्ध गराइने : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक तथा नर्सहरूलाई श्रम ऐनअनुसार पारिश्रमिक उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित नेपाल चिकित्सक संघको ७५औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री पौडेलले एकै पटक लोकसेवा आयोगमार्फत ५ सय चिकित्सक भर्नाका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भइसकेको जानकारी दिए।

उनले सरकारी क्षेत्रको पारिश्रमिक वृद्धि गर्ने तथा निजी अस्पतालहरूलाई पनि पारिश्रमिक बढाउन आग्रह गर्ने नीति सरकार अघि बढाइरहेको बताए। श्रम ऐनअनुसार तोकिएको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न कडाइका साथ लागू गरिने उनको भनाइ थियो।

चिकित्सकहरूको जीवनयापन सहज बनाउन सकिए विदेश पलायन कम हुने विश्वास व्यक्त गर्दै उनले चिकित्सकलाई दबाबमुक्त वातावरणमा काम गर्न कानूनी प्रबन्ध अघि बढाइरहेको उल्लेख गरे।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा