October 21, 2026, Wednesday
KN hd tv

रविको प्रश्न : एनसेल प्रकरणमा कुन दलका नेताले कति खाए ? छानबिनका लागि तयार हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल प्रकरणमा कुन दलका नेताले कति रकम खाएका हुन् ? भन्ने प्रश्न गरेका छन् । उनले यसका लागि छानबिनका लागि को–को तयार हुने हो भन्दै प्रश्न गरेका छन् ।

‘स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो’, उनले सामाजिक सञ्जालमार्फत् भनेका छन्, ‘टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनका नाममा कुन कुन दलका कुन कुन नेताले कति कति रकम खाए, कुन कुन निकायका दैला दैलामा बाँडे र पचाए, खुला छानबिन गर्न तयार हुने हो ? ।’

शीर्ष समाचार

धेरै पढिएको