नेपालले आज काभा वुमन्स भलिबलमा दोस्रो खेल खेल्ने

काठमाण्डौं – काभा वुमन्स भलिबल च्यालेन्ज कप-२०२३ मा नेपालले आज दोस्रो खेल खेल्दैछ।

हिजो सुरु भएको भलिबल च्याम्पियनमा नेपालले आज दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ।

प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानलाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको नेपालले आज भारतसँग पराजित भएर आएको बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो।

समूह एमा रहेको नेपाल बंगलादेशलाई पनि पराजित गरेर सेमिफाइनलमा पुग्ने लक्ष्यमा छ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा