प्रधानमन्त्री प्रचण्ड : रेशम चौधरीलाई रिहा गर्न प्रयास भैरहेकाे छ 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न प्रयास गरिरहेकाे बताएका छन् । बिहीबार बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।

‘अहिले सर्वोच्चले अदालतले एउटा टुंगो दिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा पुर्‍याउने हामीले छलफल गरिरहेका छौँ, प्रधानमन्त्री दाहालले भने।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्‍मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा