राप्रपाले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने

काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजामती कर्मचारी आबद्ध कुनै पनि संगठन नबनाउने निर्णय लिएको छ ।

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्,’अब भ्रष्टाचारका सबै स्रोतहरू नै बन्द गरौँ, त्यसैले राप्रपाले सरकारी वेतनधारीको भातृ संगठन नबनाउने निर्णय गरेको छ।’

उनका अनुसार एउटा सरकारी कार्यालयमा ७ वटा युनियनको बोर्ड झुन्डाएर संसारमा कुनै देशले प्रगति गरेको छैन।

सरकारी वेतनधारीको भातृ संगठन जघन्य अपराध रहेको उनको भनाई छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा