कृष्णप्रसाद पौडेललाई पछि पार्दै शशांक कोइराला चौथो पटक सांसद निर्वाचित

काठमाडौं- नवलपरासी (पूर्व)- १ बाट कांग्रेस उम्मेदवार शशांक कोइराला विजयी भएका छन्। बिहीबार सम्पन्न मत गणनामा कोइरालाले एमाले उम्मेदवार कृष्णप्रसाद पौडेललाई पराजित गरेका हुन्।

अन्तिम मत परिणाम यसप्रकार छ-
शशांक कोइराला/कांग्रेस- २७१२७
कृष्णप्रसाद पौडेल/एमाले- २३३०१
राजन गौतम/रास्वपा- २३०८५

६४ वर्षीय कोइराला नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन्। उनी कांग्रेसको महामन्त्री पनि भइसकेका छन्। राजनीतिक परिवारबाट हुर्किएका भए पनि उनी चिकित्सक पेशाबाट राजनीतिमा आबद्ध भएका हुन्। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाका पुत्र हुन्।

शशांक २०६४ र २०७० को संविधान सभा निर्वाचनमा तत्कालीन नवलपरासी- १ बाट निर्वाचित भएका थिए। प्रतिनिधि सभा निर्वाचन २०७४ मा भने नवलपरासी पूर्व- १ बाट निर्वाचित भएका थिए।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा