प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घट्यो

काठमाडौँ- मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ ।

मंगलबार बिहान ११ बजेसम्म तीन वटा कम्पनीको सेयरकाे मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा