नेता सिंह : संविधान कार्यान्वयनका लागि कांग्रेसले नै म्यान्डेट पाउछ

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालको संविधान कार्यान्वयनका लागि निर्वाचनबाटै कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्।

कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई भन्दा जनताले कांग्रेसलाई नै म्यान्डेट दिने उल्लेख गरे। संविधानको सफल कार्यान्वयनका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित निश्चित रहेको नेता सिंहको भनाइ थियो ।

स्थानीय तहलाई बलियो बनाएर शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा जनतामा  अनुभूत हुने गरी काम गर्नुपर्नेमा जोड दिँदै उनले सत्ता गठबन्धनमा अहिले सिट बाँडफाँडका बारेमा छलफल भइरहेकाले छिटै निकास निस्कने जिकिर गरे।

“गठबन्धनमा रहेका सबै दललाई चित्त बुझाउने गरी सिट बाँडफाँट हुन्छ”, उनले भने, ‘सबैलाई चित्त बुझाएर अघि बढ्ने हो । गणेशमान सिंहले देखाएको बाटोमा हिँड्न सके मात्र लोकतन्त्र बलियो हुन्छ नेपाली राजनीतिमा उहाँको ठूलो योगदान छ।”

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा