उपत्यकामा भारी वर्षाका कारण नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ – अहिले काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले उपत्यकामा भारी वर्षाका कारण नदीहरूमा बहाव बढेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

‘काठमाडौं उपत्यकाका विभिन्न  स्थानहरूमा पछिल्लो एक घण्टामा भारी वर्षा भएकोले बागमती र यसका सहायक नदीहरूमा बहाव केही बढ्ने हुँदा तटीय क्षेत्रहरू तथा खोला किनारको बाटो यात्रा गर्दा  सतर्कता अपनाऔँ,’ महाशााखाले एक सूचना जारी गर्दै भनेको छ ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा