बिहीबार पनि सुनको मूल्य घट्यो ३०० रुपैयाँले

काठमाडौं– साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) सुनको मूल्य ओरालो लागेको छ। बिहीबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको महासंघले जनाएको छ। यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ। 

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ९०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९५ हजार ४०० रुपैयाँ प्रतितोला कायम भएको छ। 

यसअघि बुधबार भने छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा किनबेच भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो। 

बिहीबार तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार भने चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमा किनबेच भएको थियो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा