तोलामा ३०० रुपैयाँले घट्यो सुन मूल्य, चाँदीको कती ?

काठमाडौं– साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बुधबार चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। 

महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ घटेको छ। मूल्य घटेपछि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९४ हजार ८०० रुपैयाँ कायम भएको छ। 

यसअघि मंगलबार भने सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। बुधबार छापावाल सुन प्रतितोला ९५ हजार ६०० र तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

बुधबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार भने अघिल्लो दिनको जस्तै चाँदी प्रतितोला १ हजार २२० रुपैयाँमा किनबेच भएको थियो। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा