आज गभर्नर अधिकारीको रिटमाथी सुनुवाइ आज

काठमाडौं –  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ आज (बिहीबार) हुँदैछ । गएको मंगलबार सुनुवाइ नसकिएकोले ‘हेर्दाहेर्दै’ मा रहेको रिट निवेदनको सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिनाकारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यही वैशाख ४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

गएको चैत्र २५ गते मन्त्रिपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निणर्य गरेको थियो । समिति गठनसँगै उनी स्वतः निलम्बनमा परेका थिए । सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निणर्य तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका थिए ।

अल्पकालीन अन्तरिम आदेशलाई निरन्तता दिँदै अन्तरिम आदेश भएमा अधिकारी राष्ट्र बैंकमा आफ्नो कार्यकालभर काम गर्ने गरी रहनेछन् । अन्तरिम नभएर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा भने अधिकारी पदमुक्त हुनेछन् ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा