प्रचण्ड र नेपालले गरे एमसीसी पास गर्न देउवालाई सहयोग गर्न नसकीने निर्णय

काठमाडौं- एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एमसीसी पास गर्न सहयोग गर्न नसकिने बताएका छन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनीहरुले एमसीसीप्रति आफ्नो दलको धारणा प्रष्ट पारेका हुन्। प्रधानमन्त्री देउवालाई भेट्नुअघि उनीहरुले बुधबार छुट्टै छलफल गरेका थिए।

प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा उनीहरुले एमसीसीबारे साझा धारणा तय गरेर बिहीबार प्रधानमन्त्री देउवालाई भेटेका हुन्। 

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनले फागुन १६ भित्र एमसीसीबारे टुंगो लगाउन दबाब दिएको छ। सत्ता गठबन्धनका दलहरुबीच यस विषयमा साझा धारणा नबन्दा प्रतिनिधि सभाको बैठकसमेत सरेको सर्‍यै भइरहेको छ। 

सत्ता गठबन्धनकै दलहरु एकीकृत समाजवादी र जनमोर्चा एमसीसीको विरुद्ध सडकसंघर्षमा छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा