संयुक्त राष्ट्रसंघले गर्यो अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं– संयुक्त राष्ट्रसंघले अफगानिस्तानलाई ३२ मिलियन अमेरिकी डलर नगद प्रदान गरेको छ। सो रकम अफगानिस्तान इन्टरनेशनल बैंक (एआईबी)लाई बिहीबार हस्तान्तरण गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।अफगानिस्तानको केन्द्रीय बैंक दा अफगानिस्तान बैंकले अफगानिस्तानलाई संयुक्त राष्ट्र संघको सहायता जारी रहेको र उनीहरूले अमेरिकी डलर ३२ मिलियन नगद प्राप्त गरेको खामा प्रेसले जनाएको छ।

सो रकम अफगानिस्तानलाई मार्च २०२२ सम्म साप्ताहिक रूपमा २ करोड अमेरिकी डलर उपलब्ध गराउने प्रक्रियाको एक हिस्सा रहेको जनाइएको छ।

तालिबानले अगस्ट १५ मा काबुललाई आफ्नो नियन्त्रणमा लिएपछि देश आर्थिक, मानवीय र सुरक्षा सङ्कटमा गहिरिँदै गएको छ।

विदेशी सहायताको निलम्बन, अफगान सरकारको सम्पत्ति रोक्का गर्ने र तालिबानमाथिको अन्तरराष्ट्रिय प्रतिबन्धको संयोजनले पहिले नै उच्च गरिबीको स्तरबाट पीडित देशलाई हाल झन् गहिरो आर्थिक सङ्कटमा डुबाएको छ।

सरकारदेखि गैरसरकारी संस्थासम्म अन्तरराष्ट्रिय समुदायले अफगान जनतालाई विभिन्न किसिमका सहयोग गर्दै आएका छन्।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा