October 20, 2026, Tuesday
KN hd tv

सुन र चाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्यमा फेरि गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन आज ७०० रुपैयाँले घटेर ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँमा कारोवार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँ कायम भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको