विमानमा बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलमा झाडी फाँडियो

काठमाडौं– उडान भर्न लागेको जहाजसँग बँदेल ठोक्किएपछि नेपालगञ्ज विमानस्थलमा झाडी सरसफाइ थालिएको छ। 

मंगलबार नेपालगञ्जबाट हुम्लाको सिमकोटका लागि उड्न लागेको सीता एयर डोर्नियर विमानमा ३ वटा बँदेल ठोक्किएका थिए। विमानस्थलको झाडीमा रहेका बँदेलहरु धावनमार्गमा आएर विमानसँग ठोक्किन थालेपछि सेना र प्रहरीले झाडी सफाइ गरेका हुन्। 

बुधबार बिहान सेना र प्रहरीको टोलीले विमानस्थल क्षेत्रको झाडी हटाएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। 

मंगलबार नेपालगञ्जबाट सिमकोटका लागि उड्न लागेको जहाजले टेकअफ गर्न लाग्दा ३ वटा बँदेल ठोक्किएका थिए। बँदेल ठोक्किएपछि विमानका चालकले टेकअफ ‘रिजेक्ट’ गरेका थिए। 

नेपालगञ्ज विमानस्थलमा यसअघि पनि धावनमार्गमा बँदेल देखिने गरेका थिए।  विमानस्थल क्षेत्रको झाडी बढेर बँदेलसहितका जंगली जनावरले बासस्थान बनाएको र बेलाबेला रनवेमा देखिने र विमानसँगै ठोकिने घटना हुँदै आएका छन्।  

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा