कोरोनााबाट झापाका व्यवसायी पोखरेलको मृत्यु

spot_img

झापा –  कोरोना भाइरस संक्रमणबाट झापाको बिर्तामोडका स्थापित व्यवसायी तथा समाजसेवी दिपेन्द्र पोखरेलको निधन भएको छ ।
विगत पाँच हप्तादेखि काठमाडौंको नर्भिक हस्पिटलमा उपचार गराइरहेका उनको गए राति १२ बजे निधन भएको हो ।

५३ वर्षीय पोखरेल दुई दशकयता निर्माण व्यवसाय तथा प्लाइउड उद्योगमा आवद्ध थिए । बिर्ता बजारका पुराना बासिन्दा उनी सबै माझ परिचित थिए । उनको शव अहिले बिहान ८ बजे हेलिकप्टरमार्फत झापा ल्याइने र आजै कनकाई आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।



यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा