August 15, 2022, Monday
२०७९ श्रावण ३०, सोमबार
KN hd tv

एमाले र माओवादी केन्द्रका सांसद सत्तापक्षकै सिटमा बस्ने

काठमाडाैं–निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी भएको भनी पठाएको पत्र संघीय संसद् सचिवालयमा पुगेको छ।

दिउँसाे १ बजे बस्न लागेको प्रतिनिधि सभाको बैठकमा भने एमाले र माओवादी केन्द्रका सांसद सत्तापक्षकै सिटमा बस्ने भएका छन्।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए।

सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग भएको निर्णय गरेको थियो।

शीर्ष समाचार

धेरै पढिएको