May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
KN hd tv

चेल्सीमाथि आर्सनलको फराकिलो जित

काठमाडौँ । इङलिस प्रिमियर लिग अन्तर्गत आर्सनलले चेल्सीमाथि शानदार जित हासिल गरेको छ । गए राति सम्पन्न खेलमा आर्सनलले चेल्सीलाई ५–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा बेन ह्वाइट र काइ हाभेर्टले २–२ गोल गरेका थिए भने एक गोल लीन्द्रो ट्रोसार्डले गरेका थिए ।

यो जितपछि आर्सनलको ३४ खेलमा ७७ अंक भएको छ र हाल शीर्ष स्थानमा कायम रहेको छ । त्यस्तै एक खेल कम खेलेको लिभरपुलको ३३ खेलमा ७४ अंक रहेको छ र दोस्रो स्थानमा छ भने २ खेल कम खेलेको म्यानचेस्टर सिटी ३२ खेलमा ७३ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी चेल्सीको भने ३२ खेलमा ४७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

शीर्ष समाचार

धेरै पढिएको