May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

सुनको भाउ एकैदिन २ हजार ७ सय रुपैयाँले घट्यो

काठमाण्डौ – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज एकैदिन २ हजार ७ सय रुपैयाँले घटेर तोलाको १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेर अस्ति सोमवारजस्तै १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ७ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।

यस्तै चाँदीको भाउ पनि आज घटेको छ । तोलामा २० रुपैयाँले घटेर चाँदी आज १ हजार ६ सय ३० रुपैयाँमा काराेबार भइरहेकाे महासङ्घले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको