October 29, 2026, Thursday
KN hd tv

मौसममा भारी फेरबदल: चक्रवात ‘अर्नब’को प्रभावले यी प्रदेशमा भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै भोलि बिहीવારदेखि बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को प्रभावसमेत पर्ने देखिएको छ। यस मौसमी प्रणालीका कारण आगामी केही दिनसम्म देशका अधिकांश भू-भागमा मौसम बदली भई भारी वर्षा र हिमपातको जोखिम बढेको छ। आज रातीबाटै विभिन्न क्षेत्रमा बादल लाग्ने क्रम सुरु हुनेछ भने विशेषगरी भोलि बिहीबारदेखि शनिबारसम्म मौसममा उल्लेखनीय फेरबदल आउने महाशाखाले जनाएको छ।

भोलि दिउँसोदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिमका हिमाली भू-भागमा बादल लाग्नेछ भने रातिबाट कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। विशेषगरी शुक्रबार र शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका केही भू-भागमा भारीदेखि अति भारी वर्षा र हिमपातको समेत उच्च जोखिम रहेको छ।

धानबाली भित्र्याउने बेला भएकाले किसानहरूलाई कृषि कार्य बिहीबार अगावै सम्पन्न गर्न विशेष आग्रह गरिएको छ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटक तथा सर्वसाधारणलाई उक्त अवधिमा उच्च हिमाली क्षेत्रतर्फ नजान र सुरक्षित स्थानमा रहन सचेत गराइएको छ। बाढी, पहिरो तथा चिसो बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै यातायात र दैनिक जनजीवनमा पर्ने प्रभावबाट बच्न सबैलाई पूर्वतयारी र उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

शीर्ष समाचार

धेरै पढिएको