स्पेनले जित्यो फिफा विश्वकप
अर्जेन्टिनालाई हराउँदै स्पेनले फिफा विश्वकप उपाधि जितेको छ ।
अमेरिकाको न्युयोर्कस्थित न्यु जर्सी स्टेडियममा भएको फाइनल खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेनले विश्वकपको उपाधि जितेको हो । १६ वर्षपछि स्पेनले वल्डकप जितेको हो ।
स्पेनलाई उपाधि जिताउन फेरान टोरेसले गरेको गोल नै पर्याप्त बन्यो । टोरेसले खेलको १०६औं मिनेटमा स्पेनका लागि गोल गर्दै अग्रता दिलाएका थिए ।
टोरेसले पेनाल्टी बक्सभित्र बाउन्स भइरहेको बललाई आफ्नो देब्रे खुट्टाले प्रहार गर्दै क्रसबारको ठीक मुनिबाट जाली प्रवेश गराएका थिए । निर्धारित ९० मिनेटमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।
स्पेनले खेलको अधिकांश समय अर्जेन्टिनालाई दबाबमा राख्यो ।
स्पेनले यस प्रतियोगिताका आठ खेलहरूमा मात्र एक गोल ब्यहोऱ्यो, जसले कुनै पनि च्याम्पियन टोलीले सबैभन्दा कम गोल खाएको नयाँ विश्वकप कीर्तिमान कायम गरेको छ।
फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाले लगातार विश्वकपको उपाधि जित्न सकेन । अर्जेन्टिनाले सन् २०२२ को विश्वकपको उपाधि विजेता टिम हो ।

प्रतिकृया दिनुहोस्