भेरी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

बाँके । बाँकको भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेरी अस्पताल लगिएको थियो । उनलाई यही वैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो । बिरामीलाई गत एक हप्तादेखि उपचारमा राखिएको थियो । अस्पतालका अनुसार उनलाई दमको समस्या समेत थियो ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा