कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण

काठमाडौं – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ । स्वास्थ्यमा केही समस्या देखिएपछि हिजो (मंगलबार) हेम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

सिटौला अहिले निवासमै आइसोलेसनमा रहेका उनी निकट बलदेव तिमल्सिनाले जानकारी दिए । सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताए ।

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा