औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्ने सरकारको निर्णय, कार्यविधि बनाउन निर्देशन

काठमाडौं– सरकारले औषधिको वैज्ञानिक मूल्य निर्धारणका लागि कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा औषधिको मूल्य निर्धारण, मूल्य समायोजन तथा विभागको पुर्नसंरचनाका विषयमा छलफल भएको थियो। 

सो छलफलबाट विभागलाई औषधिको मूल्य निर्धारणका लागि कार्यविधि तयार गर्न तथा विभागको पुर्नसंरचना गर्न निर्देशन प्राप्त भएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिए। यस्तै औषधि ऐनलाई पनि समयसापेक्ष रुपमा परिवर्तन गर्ने विषयमा पनि छलफल भएको भट्टराईको भनाइ छ।

छलफलमा सहभागी औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले औषधिको आपूर्ति सहजीकरणको विषयमा पनि छलफल भएको बताए।  यस्तै औषधिको मूल्य समायोजनका विषयमा पनि छलफल भएको थियो। सम्वद्ध पक्षको छलफलपछि सरकारले औषधिको मूल्य समायोजनका लागि औषधि व्यवस्था विभागले कार्यविधि बनाएर पेस गर्ने र प्रधानमन्त्री कार्यलयले सहजिकरण गर्ने निर्णय भएको छ।

यस्तै औषधि व्यवस्था विभागलाई चुस्त, दुरुस्त बनाउन पुर्नसंरचना गर्ने, आयातित औषधिको मूल्यको विषयमा सहजीकरण गर्ने निर्णय भएको अधिकारीले बताए। 

यो समाचार सेयर गर्नुहोस्:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

ताजा