काठमाडौँ – लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।
सोमबार भएको उपनिर्वाचनमा पाण्डेले ४१४० मतसहित नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई (३५९४) पराजित गरेका हुन् । उनी ५४६ मतले पराजित भएका हुन् ।


