November 21, 2024, Thursday
KN hd tv

एकीकृत समाजवादीका सुदूरपश्चिम अध्यक्ष शाहीले गरे पार्टी परित्याग

कैलाली – सत्तारुढ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका अध्यक्ष विक्रमबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन भएका बेला उनी माधव नेपाल पक्षमा लागेका थिए । आज फेसबुकमा स्टाटस हाल्दै अध्यक्ष शाहीले समाजवादी त्याग गरेको घोषणा गरेका हुन् ।

उनले पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीहरुलाई फाइदा पुर्‍याएकाले पछुतो र आत्मग्लानी भएको बताएका छन् । ‘२०५४ सालमा बामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ, भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिदै उनी पछि लागे । गत वर्ष पनि पुर्नगठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिए । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुजीवादीहरुलाई फाइदा पुर्‍यायो, त्यसबापत पछुतो र आत्मग्लानी भएको छ’ फेसबुक स्टाटसमा अध्यक्ष शाहीले लेखेका छन् ।

उनले पछिल्ला ५/६ महिनादेखि पार्टीको काममा निष्कृय रहेको र आजका मितिदेखि पार्टी छोडेको घोषणा गरेका हुन् । ‘विगत ५/६ महिनादेखि नै पार्टी काम छोडेर निष्क्रिय अवस्थामा थिए, आजका मितिबाट म कुनै पनि दलसँग आवद्ध नरहेको घोषणा गर्दछु’ शाहीले लेखेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको