प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै
काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।
साढे ११ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव टेबुल गर्ने र आजै मत विभाजन गर्ने सत्तापक्षको तयारी रहेको छ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएपछि हिजोका लागि बोलाइएको बैठक आजका लागि सरेको थियो। एमाले नेता तथा तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि गठबन्धनको नेतृत्व गर्दै नेकपा (एकीकृत समाजवादी) का नेता राई मुख्यमन्त्री बनेका थिए।
प्रदेशसभामा हाल कायम सांसद संख्या ९२ छ। बहुमतका लागि मुख्यमन्त्री राईलाई ४७ मत आवश्यक पर्छ। सत्ता गठबन्धनमा ५० सांसद छन्।
प्रतिकृया दिनुहोस्