October 29, 2026, Thursday
KN hd tv

रास्वपाले साधारण सदस्यबाट समेत हटायो मुकुललाई

राष्ट्रिय स्वतन्त्र पार्टीले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो ।

रास्वपाले साधारण सदस्यबाट किन नहटाउने भन्दै सोेधेको स्ष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै हटाउने निर्णय गरहेको हो । २४ घण्टाभित्र स्पष्टीकरण दिने गरी यसअघि सचिवालय र केन्द्रीय समिति बैठकले पत्र पठाएको थियो ।

ढकालले दुवैपटक जवाफ दिँदा सभापति रवि लामिछाने माथि नैतिकताको प्रश्न उठाएका थिए । लामिछानेको नैतिक धरातल नरहेको र उनी ‘ठग’ भएको प्रमाणित आफूले गर्नसक्ने पत्र रास्वपालाई ढकालले पठाएका थिए ।

२५ असारमा बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाएको थियो ।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा दिएको निवेदन प्रक्रियामा नै छ ।

शीर्ष समाचार

धेरै पढिएको