September 7, 2024, Saturday
KN hd tv

एनआरएन अमेरिकाको प्रवक्तामा नियूक्त भए पत्रकार लम्साल

अमेरिका- पत्रकार होमप्रसाद लम्साल गैरआवासिय नेपाली संघ अमेरिकाको प्रवक्ता नियूक्ति भएका छन । आईसिसिबाट गठित कृष्ण लामीछानेको नेतृत्वमा गठित कार्यसमितिमा लम्साल प्रवक्ता नियूक्ति भएका हुन ।

नेपालमा विगत डेढ दशक रेडियो नेपाल हुँदै ईमेज च्यानल टिभीमा कार्यरत पत्रकार लम्साल हाल नागरिक दैनिकमा अमेरिकाबाट कार्यरत रहेका छन ।लम्सालसँग नेपाल पत्रकार महासंघ काठमाडोै, नेपाल प्रेस यूनियनको केन्द्रिय सदस्य हुँदै केन्द्रिय उपाध्यक्ष भइ काम गरेको अनुभव रहेको छ ।

लम्साल नेपालको धादिड घर भई विगत २०१६ देखि अमेरिकामा रहँदै आएका छन् । एनआरएनको स्थापनाकालदेखि एनआरएनएको बारेमा कलम चलाउँदै आएका लम्साल अन्तराष्र्ट्रिय पुरस्कारबाट पुरस्कृत भएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको