April 28, 2024, Sunday
२०८१ बैशाख १७, सोमबार
KN hd tv

नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य, कुशलको अर्धशतक

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८० रन बनाएको हो ।

नेपालका लागि कुशल मल्लको अर्धशतक मद्दतमा नेपालले १८० रनको लक्ष्य दिएको हो । उनी ५५ रनमा नट आउट रहे । त्यस्तै आरिफ सेखले महत्वपूर्ण ३१ रन बनाएका थिए भने गुलशन झाले २६, अनिल शाहले २३, दिपेन्द्र सिंह ऐरीले १६, कप्तान रोहित पौडेलले १०, कारण केसीले ७ रन बनाएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको