May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६, बुधबार
KN hd tv

कोशी प्रदेश सांसद निर्मला लिम्बूले रोजिन् अशोक राई नेतृत्वको जसपा

मोरङ । कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बूले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन् । जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि कोशी प्रदेशसभा सदस्य लिम्बूले जसपा रोजेकी हुन् ।

सांसद लिम्बूले मंगलबार निर्वाचन आयोग पुगेर जसपालाई समर्थन गर्दै सनाखत पनि गरेकी छिन् । लिम्बू जसपा नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत कोशी प्रदेशसभा सदस्य बनेकी हुन् । तर, जसपा, नेपाल विभाजन भएपछि उनले नवगठित जसपा रोजेकी हुन् । यसअघि जसपा, नेपालबाट लिम्बू दुई पटक स्वास्थ्यमन्त्री समेत बनेकी थिइन् ।

koshi jasapa

शीर्ष समाचार

धेरै पढिएको