July 27, 2024, Saturday
KN hd tv

जीबी राईको राहदानी रद्द गर्न प्रहरीको पत्राचार

काठमाडौँ । पोखराको सूर्यदर्शनसहित विभिन्न सहकारी ठगीका मुख्य आरोपी जीबी भनिने गितेन्द्रबाबु राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ ।

जीबीको राहदानी रद्द गर्न जिल्ला प्रहरी कार्यालय कास्कीको पत्र राहदानी विभागलाई पठाइसकिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यसअघि मलेसियामा रहेका जीबी संयुक्त अरब इमिरेट्स (युएई) पुगेको सूचना प्राप्त भएपछि राहदानी नै रद्द गर्न लागिएको प्रहरीको उच्च स्रोत बताउँछ । त्यसअघि उनी सिंगापुर पनि गएका थिए । मलेसियाबाट सिंगापुर जान भने भिसा आवश्यक पर्दैन ।

उनी करिब १० दिन पहिले युएई गएको सूचना आएको प्रहरी उच्च स्रोतले जनाएको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी दानबहादुर कार्कीले जीबी राईका सम्बन्धमा पहिलेदेखि नै लोकेट गर्ने र इन्टरपोलमार्फत ल्याउने प्रयास भइरहेको बताएका छन् । उनीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ । अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको